Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

साेमबार यी ५ कम्पनीको शेयर मूल्य बढ्याे

साेमबार यी ५ कम्पनीको शेयर मूल्य बढ्याे

  • 729
    SHARES
  • साेमबार यी ५ कम्पनीको शेयर मूल्य बढ्याे

    काठमाडौं । साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसुचक ०.२७ प्रतिशतले घटेको छ । सोमबार बजार घटे पनि कारोबारमा आएका २ सय २३ वटा कम्पनीमध्ये पाँच वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    अघिल्लो कारोबारका दिनको तुलनामा यस अवधिमा विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर, माउण्टेन हाइड्रोनेपाल र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

    त्यसैगरी अघिल्लो कारोबारका दिनको तुलनामा ङादी ग्रुप पावर कम्पनी र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । ती सात वटै कम्पनीको शेयरमा बिक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।

    यस्तै विशाल बजार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७ हजार ३ सय ८५ रुपैयाँ, जानकी फाइनान्सको ५ सय ६६ रुपैयाँ, रिडि हाइड्रो पावरको ६ सय १६ रुपैयाँ, माउटेन्ड हाइड्रो  नेपालको ५ सय ३९ रुपैयाँ र ग्रिन लाइफ हाइड्रो पावरको ४ सय ६३ रुपैयाँ पुगेको छ । 

    साथै ङादी ग्रुप पावरको शेयर मूल्य प्रतिकित्ता ८ सय ३९ रुपैयाँ र हिमालय उmर्जा विकासको ४ सय ७५ रुपैयाँ पुगेर बजार बन्द भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij