Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

‘पुलिस अफ द मन्थ’बाट सिरहाका डिएसपी पासवान सम्मानित

‘पुलिस अफ द मन्थ’बाट सिरहाका डिएसपी पासवान सम्मानित

  • 177
    SHARES
  • ‘पुलिस अफ द मन्थ’बाट सिरहाका डिएसपी पासवान सम्मानित

    सिरहा । नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारीमा उच्च लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) बिरेन्द्र कुमार पासवान ‘पुलिस अफ द मन्थ’घोषित भएका छन्।

    सिरहा प्रहरी कार्यालयले २०८२ साल जेठ महिनाका लागि प्र.ना.उ. पासवानलाई संगठनको श्रीवृद्धि, नागरिकसँगको सम्बन्ध सुदृढीकरण तथा शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त उपाधिसहित सम्मान गरेको हो ।

    प्र.ना.उ. पासवानले संगठनद्वारा तोकिएको जिम्मेवारीलाई पूर्ण इमान्दारिता र निष्ठाका साथ निर्वाह गर्दै सर्वसाधारणमा सुरक्षा अनुभूति गराउन सफल भूमिका निर्वाह गर्दै आएका छन्। साथै, सूचना प्रवाह तथा प्रहरी–सर्वसाधारण समन्वय सुदृढ गर्न पनि उनले उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिरहाले पासवानलाई सम्मान गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य सम्पादन गर्न सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij