Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेप्सेमा १.०७ अंकको गिरावट

नेप्सेमा १.०७ अंकको गिरावट

  • 118
    SHARES
  • नेप्सेमा १.०७ अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.०७ अंकले घटेर २ हजार ६ सय ५३.६८ को विन्दुमा कायम भएको छ । बुधबार ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ ।

    बुधबार नेप्सेमा भएको शेयर कारोबारमा ८८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज पियोर इनर्जी लिमिटेडका लगानी कर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रो पावर कम्पनी र यूनियन हाइड्रो पावर लिमिटेडका लगानी कर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

    यस्तै,आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता आज १० प्रतिशतका दरले गुमाएका छन् ।सानिमामाई हाइड्रो पावरको सबैभन्दा धेरै ७१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा सिंगटी हाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij