Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतको अहमदाबादमा २४२ यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना

भारतको अहमदाबादमा २४२ यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना

  • 134
    SHARES
  • भारतको अहमदाबादमा २४२ यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना

    नयाँ दिल्ली । भारतको गुजरात राज्यमा पर्ने अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा आज एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ । अहमदाबादबाट लन्डन उडान भर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    समाचार एजेन्सी एएनआईका अनुसार विमानमा २४२ यात्रुहरू सवार थिए । मेघनी नगरको आवासीय क्षेत्रमा विमान दुर्घटना पछि धेरै किलोमिटर टाढासम्म धुवाँको मुस्लो देखिएको छ ।

    एयर इन्डियाको विमान दुर्घटना भएको प्रारम्भिक जानकारीको आधारमा, अहमदाबादको दमकल टोली घटनास्थलमा पुगेको छ। अहमदाबादको दमकल तथा आपतकालीन सेवा विभागले घटनास्थलमा पाँच भन्दा बढी दमकलहरू तैनाथ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनाकाे थप विवरण भने आइसकेको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij