Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

  • 64
    SHARES
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रूपैयाँ २७ पैसा तोकिएको छ ।

    यसैगरी युरोपियन युरो एकको खरिददर १५६ रूपैयाँ १५ पैसा र बिक्रीदर १५६ रूपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रूपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रूपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रूपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०० रूपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रूपैयाँ २९ पैसा र बिक्रीदर १०६ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार जापानी येन १० को खरिददर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १९ रूपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा, थाइ भाट एकको खरिददर चार रूपैयाँ १९ पैसा र बिक्रीदर चार रूपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ २७ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ र बिक्रीदर १० रूपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २७ पैसा र बिक्रीदर १४ रूपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ९३ पैसा र बिक्रीदर २१ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १७ रूपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रूपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ०१ पैसा र विक्रीदर ३५६ रूपैयाँ ५७ पैसा रहेको छ ।

    भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij