Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सुनसरी खोला किनारको छठ घाटमा तोडफोड

सुनसरी खोला किनारको छठ घाटमा तोडफोड

  • 53
    SHARES
  • सुनसरी खोला किनारको छठ घाटमा तोडफोड

    काठमाडौं । सुनसरी हरिनगर गाउँपालिका-६ घुस्की स्थित सुनसरी खोला किनारमा छठ पूजा गर्नका लागि निर्माण गरिएको पूजा स्थलमा अपरिचित समूहले तोडफोड गरेको छ । धार्मिक आस्थाको महापर्व छठमा सूर्य देवलाई पूजा गर्नका लागि निर्माण गरिएको पूजा स्थलमा तोडफोड गरेपछि स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । 

    धार्मिक सद्भाव र आस्था माथि आँच पुर्‍याउने यस प्रकारको अराजक गतिविधि अत्यन्तै निन्दनीय रहेको स्थानीयवासीले बताएका छन् । पूजा स्थल तोडफोडमा संलग्न व्यक्तिको पहिचान र तोडफोडका कारण हालसम्म खुलेको छैन । यस घटनाले स्थानीय बासिन्दामा गहिरो असन्तोष र आक्रोश उत्पन्न गराएको छ ।

    घटनाको निष्पक्ष छानबिन गरी तुरुन्त दोषीलाई कडा कानुनी कारबाही गर्न सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको र यसमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij