वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३१ पैसा कायम गरेको छ ।
युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रूपैयाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रूपैयाँ ९० पैसा र बिक्रीदर १८५ रूपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १६६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ११ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८८ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रूपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९९ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०० रूपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०६ रूपैयाँ २ पैसा र बिक्रीदर १०६ रूपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी जापानी येन १० को खरिदर नौ रूपैयाँ ४४ पैसा र बिक्रीदर नौ रूपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ २ पैसा र बिक्रीदर १९ रूपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६८ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिदर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४८ पैसा तोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij