Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 124
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५७ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १५६ रूपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रूपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८६ रूपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६७ रूपैयाँ १२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ८५ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ १४ पैसा र बिक्रीदर ८९ रूपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २५ पैसा र बिक्रीदर १०० रूपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रूपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रूपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ ५६ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७४ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २१ पैसा र बिक्रीदर चार रूपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रूपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०९ पैसा र बिक्रीदर १० रूपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४ रूपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ९७ पैसा र बिक्रीदर २१ रूपैयाँ ०७ पैसा तोकिएको छ । 

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १७ रूपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रूपैयाँ ६४ पैसा र बिक्रीदर ४४८ रूपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रूपैयाँ ३० पैसा र बिक्रीदर ३६४ रूपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ३५ पैसा रहेको छ ।

    भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij