वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ १५ पैसा र बिक्रीदर १३७ रूपैयाँ ७५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५६ रूपैयाँ १२ पैसा र बिक्रीदर १५६ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८६ रूपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६७ रूपैयाँ २६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८९ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ तीन पैसा र बिक्रीदर १०० रूपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रूपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रूपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।
यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १९ पैसा र बिक्रीदर चार रूपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ २९ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४३ पैसा तोकिएको छ , यस्तै, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०४ पैसा र बिक्रीदर १० रूपैयाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २७ पैसा र बिक्रीदर १४ रूपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ९३ पैसा र बिक्रीदर २१ रूपैयाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४८ पैसा र बिक्रीदर १७ रूपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ ४८ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ८२ पैसा रहेको जनाएको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । यस्तै, वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कका ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij