वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९२ पैसा कायम भएको छ ।
युरोपियन यूरो एकको खरिददर १५५ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रूपैयाँ ४० पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रूपैयाँ ५८ पैसा र बिक्रीदर १८५ रूपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रूपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९९ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ९९ पैसा र बिक्रीदर १०६ रूपैयाँ ४५ पैसा,जापानी येन १० को खरिददर नौ रूपैयाँ ५६ पैसा र बिक्रीदर नौ रूपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९३ पैसा र बिक्रीदर १९ रूपैयाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रूपैयाँ १९ पैसा र बिक्रीदर चार रूपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ तीन पैसा र बिक्रीदर ३२ रूपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९१ पैसा र बिक्रीदर नौ रूपैयाँ ९५ पैसा तोकिएको छ ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ७३ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ १० पैसा र विक्रीदर ३५५ रूपैयाँ ६६ पैसा भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij