काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक १.११ प्रतिशतले उकालो लागेको छ । आइतबार ३०१७.५६ बिन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ३३.३९ अंकले बढेर ३०३७.७३ बिन्दुमा पुगेको हो ।
यस अवधिमा कारोबारमा आएका २ सय १० वटा कम्पनीको ३४ हजार ६ सय पटकको कारोबारमा १ करोड ३६ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।कारोबारको पहिलो घण्टामा बिशाल बजार कम्पनी, ङादी ग्रुप पावर र हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा विशाल बजार कम्पनीको शेयर मू्ल्य प्रतिकित्ता ६ हजार ७ सय १४ रुपैयाँ पुगेको छ भने ङादी ग्रुप पावर र हिमालय उर्जा बिकास कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७ सय ६३ र ४ सय ३२ रुपैयाँ पुगेको छ । आइतबार सर्वाधिक कारोबार भने नेपाल बैंक लिमिटेडको भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij