Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सुख्खा पहिराे गएको हुम्लाको तिलगाउँबाट १८ परिवारलाई सारियाे

सुख्खा पहिराे गएको हुम्लाको तिलगाउँबाट १८ परिवारलाई सारियाे

  • 165
    SHARES
  • सुख्खा पहिराे गएको हुम्लाको तिलगाउँबाट १८  परिवारलाई सारियाे

    काठमाडौं । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गएपछि जोखिममा परेका १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

    तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो झरेर त्यहाँका घरहरूमा क्षति गरेको छ । पहिरो झरेको स्थानमा सशस्त्र प्रहरीको हिल्सास्थित बोर्डर आउट पोष्टबाट आवश्यक विपद् उद्धार सामग्रीसहित टोली पुगेको छ । 

    पहिरो के कति कारण आएको हो भन्न खुलेको छैन । पहिरोसँगै लेदो पनि आएकाले माथि रहेको हिमताल फुटेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि त्यहाँ हिमताल रहे नहरेको भन्ने यकिन भइसकेको छैन । पहिरोबाट धनजनको कुनै क्षति नपुगको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पहिराे

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij