Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते

कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते

  • 92
    SHARES
  • कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते

    मुगु । कर्णाली राजमार्गको नाग्म-रारालिही सडक खण्डमा भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तिला गाउँपालिका-१ गाडगुडेनीमा क १ ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका हुन् ।

    घाइते हुनेमा चालक २०वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीका अनुसार घाइते चालक नेपाली र अधिकारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइ रहेको छ । भ्यान सडकदेखि दुई सय मिटर तल नदीमा खसेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij