Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कर छली गरेर नेपाल ल्याइएका १०६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद

कर छली गरेर नेपाल ल्याइएका १०६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद

  • 93
    SHARES
  • कर छली गरेर नेपाल ल्याइएका १०६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद

    रौतहट । पर्साबाट सशस्त्र प्रहरीको टोलिले १ सय ६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्सा र प्रहरी सशस्त्र सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलीले बिन्दवासिनी गाउँपालिका–४ स्थित अमरपट्टी नाकाबाट बरामद गरेको हो ।

    भारतबाट अवैध रूपमा भन्सार छलि गरेर नेपाल भित्र्याइएको गहुँ र चामलको कनिका संयुक्त सुरक्षाकर्मी टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

    उनका अनुसार घरअगाडिको खेतमा जम्मा गरेर राखेकै अवस्थामा बरामद गरिएको हो । जसको बजार मूल्य २ लाख ३१ हजार २० रुपैयाँ बराबर रहेको जनाइएको छ । 

    ५३ क्वीन्टल गहुँ  र  ११ क्वीन्टल ६४ केजी चामलको कनिका रहेको उल्लेख गर्दै उनले आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए । सशस्त्र प्रहरीले भारतबाट भन्सार नतिरी खाद्यान्न नेपाल भित्र्याउने क्रम बढिरहेको र त्यसलाई नियन्त्रण गर्न सिमा क्षेत्रमा कडाई गरेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चामल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij