Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

‘लोकतन्त्र विशिष्ट किसिमको सुन्दर प्रणाली हो’

‘लोकतन्त्र विशिष्ट किसिमको सुन्दर प्रणाली हो’

  • 154
    SHARES
  • ‘लोकतन्त्र विशिष्ट किसिमको सुन्दर प्रणाली हो’

    लुम्बिनी । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संघीय लोकतन्त्र केवल संरचना मात्र नभएर विशिष्ट किसिमको सुन्दर प्रणाली भएको बताएका छन् ।

    आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को आठौँ महाधिवेशनको उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका उनले संघीय लोकतान्त्रिक गणतन्त्र समावेशिताका लागि ल्याइएको बताए ।

    उनले लोकतन्त्रमा कुनै पनि किसिमको अराजकता छुट नहुने र सरकारले अराजकता अन्त्य गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । उनले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा सम्मिलित व्यक्तिहरू कारबाहीको दायरामा ल्याएको जानकारी दिए ।

    मन्त्री गुरुङले हाल सामाजिक सञ्जालका कारण विभिन्न घटना घटेकाले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको हुँदा सामाजिक सञ्जालसम्बन्धी विधेयक यसको व्यवस्थापनका लागि भएको बताए ।

    उनले सञ्चारमाध्यमहरू व्यवस्थापन गर्ने, श्रमजीवी पत्रकारहरूको हकअधिकार स्थापित गर्नेलगायत विषय सञ्चार विधेयकमा आवश्यक भएकाले सोसम्बन्धी गृहकार्य भएको जानकारी दिए ।

    विगतमा राजतन्त्रात्मक व्यवस्था कहालीलाग्दो भएकाले नेपाली जनताले पुनः राजतन्त्र स्वीकार्न नसक्ने उनको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले सुशासन कार्यान्वयनमा प्रदेश सरकारले जोड दिएको र समावेशिता कार्यान्वयनमा महत्त्वपूर्ण प्रयास भएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij