Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जनमोर्चाको ‘संघीयता खारेज गरौं’ अभियान सुरु

जनमोर्चाको ‘संघीयता खारेज गरौं’ अभियान सुरु

  • 126
    SHARES
  • जनमोर्चाको ‘संघीयता खारेज गरौं’ अभियान सुरु

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ । सोही आन्दोलन अन्तर्गत आज मंगलबार राष्ट्रिय जनमोर्चाले र्‍याली निकालेको छ ।

    प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनस्थापना लागि प्रयत्न गरिरहेका भन्दै त्यस प्रकारको प्रतिरोधको सामना गर्नु पनि अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको जनमोर्चाको भनाई छ ।

    नेपालको राष्ट्रियतामाथि लगातार आक्रमण बढाउँदै लैजानुका साथै अब उनीहरूले नेपाललाई युद्धको अखडा बनाउन पनि प्रयत्न गरिरहेको हुनाले नेपालका शासक वर्ग वा विभिन्न राजनीतिक पार्टीहरूका साम्राज्यवादपरस्त नीतिहरूका कारणले त्यो खतरा अरू गम्भीर बन्दै गइरहेको उनीहरुको भनाइ छ ।

    उपर्युक्त अवस्थामा, एकातिर, नेपालमा हस्तक्षेप र अतिक्रमण बढाउँदै गएका सबै साम्राज्यवादी शक्तिहरूका विरूद्ध संघर्ष गर्दै र अर्कातिर, तिनीहरूप्रति सम्झौतापरस्त नीति अपनाएर देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता तथा शान्ति र सुरक्षामा समेत बाधा पुन्याउँदै लगिरहेका राजनीतिक शक्तिहरू समेतको भण्डाफोर गर्दै देशको राष्ट्रियताका पक्षमा व्यापक ऐक्यवद्धता कायम गर्नुपर्ने आवश्यकताप्रति पनि राष्ट्रिय जनमोर्चाले सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij