Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माउ पार्टीहरूले विद्यार्थीलाई उक्साएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको छन् : हरि ढकाल

माउ पार्टीहरूले विद्यार्थीलाई उक्साएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको छन् : हरि ढकाल

  • 96
    SHARES
  • माउ पार्टीहरूले विद्यार्थीलाई उक्साएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको छन् : हरि ढकाल

    काठमाडौं । रास्वपाका सांसद हरि ढकालले माउ पार्टीहरूले स्ववियू निर्वाचमा विद्यार्थीलाई उक्साएर पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको आरोप लगाएका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थी संगठनका माउ पार्टीहरुले युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको बताएका हुन् ।

    ढकालले भने, ‘यतिबेला स्ववियू चुनावको ताण्डव चलिरहेको छ । युवाविद्यार्थीहरु काटाकाट गरिरहेका छन् । दर्जनौं क्याम्पस तालाबन्दी भएको छ । विद्यार्थी संगठनका माउ पार्टीहरु विद्यार्थीलाई लडाउँदै, भिडाउँदै र उक्साउदै छन् । युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिँदै छन् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij