Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

धनुषाको सबैलामा झडप, प्रहरीले चलायो अश्रुग्यास

धनुषाको सबैलामा झडप, प्रहरीले चलायो अश्रुग्यास

  • 148
    SHARES
  • धनुषाको सबैलामा झडप, प्रहरीले चलायो अश्रुग्यास

    जनकपुर । धनुषाको सबैला नगरपालिकामा दुइ पक्षबिच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नगरपालिकामा दुइ पक्षबिच झडप हुँदा प्रहरीले आश्रुग्यास प्रहार गरेको छ ।

    स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको बताए। उनका अनुसार अश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको थियो ।

    ‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन् । चोकको विषयमा दुई पक्षबीच झडप भयो,’सिंहले भने ।’ केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो ।

    ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ । भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएको थियो । आज विहानदेखि स्थानीयहरुले सवैला प्रहरी चौकी घेरेर नाराबाजी गरिरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij