Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

लक्ष्मी उन्नति कोषको शेयर मूल्य बढ्याे

लक्ष्मी उन्नति कोषको शेयर मूल्य बढ्याे

  • 566
    SHARES
  • लक्ष्मी उन्नति कोषको शेयर मूल्य बढ्याे

    काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार कारोबारको तेस्रो घण्टामा नेप्से परिसुचक ०.६७ प्रतिशतले बढेको छ । 

    बिहीबार २९९०.९ बिन्दुबाट सुरु भएको बजार कारोबारको तेस्रो घण्टामा २०.०५ अंकले बढेर ३००५.६२ बिन्दुमा पुगेको हो । 

    यस अवधिमा कारोबारमा आएका २ सय १९ वटा कम्पनिको ८० हजार २ सय पटकको कारोबारमा ४ करोड ३६ लाख ९० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । 

    यस अवधिमा लक्ष्मी उन्नति कोषको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने र ङादी ग्रुप पावर, सिटिजन म्युचल फण्ड-१ र सिटिजन म्युचल फण्ड-२ को शेयर मूल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ । 

    बिहीबार लक्ष्मी उन्नति कोषका लगानिकर्ताले सर्वाधिक कमाएका छन् भने वरुण हाइड्रो पावर कम्पनीका लगानिकर्ताले गुमाएका छन् ।  

    बिहीबार सर्वाधिक कारोबार भने एग्रिकल्चर डेप्लप्मेन्ट बैंक लिमिटेडको भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय ८८ रुपैयाँ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij