काठमाडौं । नर्स तथा मिडवाइफहरुका लागि नेपाल नर्सिङ परिषद्ले लिने गरेको नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा आगामी महिनामा हुने भएको छ । परिषद्ले बिहीबार सूचना निकाल्दै १९ भदौमा लाइसेन्स परीक्षा हुने जानकारी दिएको छ ।
परिषद्ले १० साउनदेखि ७ भदौसम्म परीक्षाका लागि अनलाइन फारम बुझाउन सक्ने र ८ भदौदेखि १३ भदौसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम बुझाउन सक्ने जनाएको छ । परिषद्ले परीक्षा शुल्क १६ सय तोकेको छ । त्यसैगरि बिलम्ब शुल्क ३१ सय रुपैंया ई–सेवाबाट बुझाउने व्यवस्था गरिएको छ । परीक्षा समय बिहान ९ बजेदेखि ११ः ३० रहेको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij