Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

  • 95
    SHARES
  • सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९ पैसा कायम भएको छ । यसैगरी, युरो एकको खरिदर १४४ रूपैयाँ १६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७८ पैसा तोकिएको छ ।

    बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रूपैयाँ २४ पैसा र बिक्रीदर १७३ रूपैयाँ ९८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १५४ रूपैयाँ १० पैसा निर्धारण गरेको छ ।

    यसैगरी,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ०३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ४७ पैसा तोकिएको छ ।

    त्यस्तै,जापानी येन १० को खरिददर नौ रूपैयाँ २२ पैसा र बिक्रीदर नौ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा र बिक्रीदर १९ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४५ पैसा निर्धारण भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ र बिक्रीदर ३८ रूपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४४ पैसा र बिक्री दर ३१ रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा तोकिएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij