Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

छठ पूजा स्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

छठ पूजा स्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

  • 42
    SHARES
  • छठ पूजा स्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । सुनसरी हरिनगर गाउँपालिका-६ स्थित टपरा अर्नामा छठ पूजाका निर्माण गरिएको छठ स्थल तोडफोड गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १९ बर्षीय रिजवान मन्सुरी र २१ बर्षीय मोहम्मद जहुर मियाँ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । छठ पुजाको मुख्य दिन अस्ताउदो सुर्यलाई अर्घ दिएर भक्तजन घर तर्फ फर्केका बेला पक्राउ परेकाको समुहले तोडफोड गरेको आरोप रहेको छ ।  

    घाटमा तोडफोडबाट क्षति भएका पूजा स्थललाई पुनःनिर्माण गरी पूर्व अवस्थामा ल्याएका थिए । नेपाल प्रहरी सशस्त्र प्रहरी स्थानीयवासी सहितको सहभागीतामा तोडफोड गरेका पुजा स्थल पुनः पुर्वत अवस्थामा फर्काएका थिए । धार्मिक आस्थासँग जोडिएको छठ पर्वका लागि निर्माण तथा सजावट गरिएको सुनसरी हरिनगर ६ अर्नमा घुस्की छठ घाटमा तोडफोड भएपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।  

    छठ पर्व कुनै एक समुदायको मात्र धार्मिक गतिविधि नभई सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकताको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ । यस्तो पर्वका लागि तयार पारिएको घाटमा तोडफोड हुनु दुःखद विषय हो । धार्मिक आस्था र परम्परासँग जोडिएका संरचना माथि हुने कुनै पनि प्रकारको अवाञ्छित गतिविधिले समुदायबीच अविश्वास र असमझदारी बढाउन सक्ने भएकाले घटनालाई संवेदनशील रूपमा लिनुपर्ने देखिन्छ ।

    यता समाजका अगुवाहरुले छठघाट तोडफोडमा सलग्न ब्यक्तिलाई कानुनी दायरामा ल्याउनका लागि चौतर्फी रुपमा अवाज उठाउन थालेका छन् । घटनाको वास्तविक कारण, तोडफोडमा उनीको भूमिका र अन्य सम्भावित संलग्नताबारे निष्पक्ष अनुसन्धान हुनु आवश्यक छ । अनुसन्धानबाट दोषी ठहर हुने व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाही गरिनुपर्ने स्थानीयवासी तथा समाजिक क्षेत्रका अगुवाहरुले माग गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij