वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार दुईदिनदेखि बढेको अमेरिकी डलर आज घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ १९ पैसा छ । यसैगरी युरो एकको खरिददर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५२ पैसा, पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४ रूपैयाँ ५९ पैसा तोकिएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिदर ८७ रूपैयाँ ७० र बिक्रीदर ८८ रूपैयाँ ०८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५२ रूपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रूपैयाँ २२ पैसा बहराइन दिनार एकको खरिददर तीन सय ७० रूपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रूपैयाँ ८६ पैसा तोकिएको छ ।
यस्तै राष्ट्र बैङ्कले आज जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा र बिक्रीदर १९ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रूपैयाँ २५ पैसा , थाई भाट एकको खरिददर चार रूपैयाँ १५ पैसा र बिक्रीदर चार रूपैयाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३८ रूपैयाँ १७ पैसा तोेकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij