Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विद्युतीय व्यापार सम्बन्धी विधेयक चाँडो टुंगोमा पुग्छ : मन्त्री भण्डारी

विद्युतीय व्यापार सम्बन्धी विधेयक चाँडो टुंगोमा पुग्छ : मन्त्री भण्डारी

  • 127
    SHARES
  • विद्युतीय व्यापार सम्बन्धी विधेयक चाँडो टुंगोमा पुग्छ : मन्त्री भण्डारी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

    आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बोल्दै  मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।

    मन्त्री भण्डारीले भने, ‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुन पनि आवश्यक छ । तर अन्य विषयहरु परिवर्तन गर्न मन्त्रिपरिषद्बाट कार्यान्वयन हुनुपर्छ । तर ऐनमा चाहीं समितिले नै अगाडि बढाएर लान सक्छ । विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्‍याउनु पर्नेछ ।’

    साथै उनले समितिमा आएका उपयुक्त कुराहरु र विषयहरुलाई दायाँ बायाँ नगरेर ऐनको गरिमामाथि प्रहार गर्न नहुने बताए । उनले प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमामाथि फेरी प्रहार हुनसक्ने भन्दै ऐन र विधेयकहरुमा ध्यान दिनुपर्ने जनाए। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij