Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

  • 142
    SHARES
  • हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

    हुम्ला । हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ । विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए ।

    बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो । आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रुपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो ।

    हिउँ पन्छाउने बित्तिकै नेपालगञ्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताए । हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन् । 

  • सम्बन्धित विषय:

  • # हवाई

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij