Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

  • 117
    SHARES
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रूपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रूपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५१ रूपैयाँ ९४ पैसा कायम गरिएको छ ।

    यस्तै अष्ट्रेलियन डलर एकको खरिदर ८५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रूपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ १४ पैसा र बिक्रीदर ९६ रूपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रूपैयाँ ८९ पैसा र बिक्रीदर एक सय रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर आठ रूपैयाँ ७९ पैसा र बिक्रीदर आठ रूपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८ रूपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९९ पैसा तोकिएको छ ।

    त्यस्तै थाई भाट एकको खरिदर तीन रूपैयाँ ९७ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ पाँच पैसा र बिक्री दर १९ रूपैयाँ १३ पैसा तोकिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij