काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार कारोबारको पहिलोे घण्टामा नेप्से परिसुचक ०.४२ प्रतिशतले घटेको छ । मंगलबार ३००५.४३ बिन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा १२.५२ अंकल घटेर २९८२.०६ बिन्दुमा पुगेको हो ।
यस समयावधिमा कारोबारमा आएका २ सय ७ वटा कम्पनीको २१ हजार २ सय पटकको कारोबारमा ९३ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस समयावधिमा लक्ष्मी उन्नति कोषको शेयर मूल्य सर्किट लेवलमा वृद्धि भएको छ भने अरुण कावेलि पावर लिमिटेडको शेयर कारोबार सर्वाधिक भएको छ ।
सो अवधिमा अरुण कावेलिको ९ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँमा कारोबार भइरहेको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० रुपैयाँले वृद्धि भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij