एजेन्सी- इंग्लिस क्लब आर्सनलले युवा मिडफिल्डर अल्बर्ट साम्बी लोकोन्गालाई अनुबन्ध गरेको छ। आर्सनलले बेल्जियन क्लब एण्डरलेक्टबाट अल्बर्टलाई ५ वर्षको लागि १८ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।
२१ वर्षीय अल्बर्ट एण्डरलेक्टको एकेडेमीमा हुर्किएका हुन्। उनले सन् २०१७ मा सिनियर टोलीबाट डेब्यु गरेका थिए ।
उनले एण्डरलेक्टका लागि ६९ खेलमा ३ गोल गरेका छन् । उनले आर्सनलमा २३ नम्वरको जर्सी लगाउनेछ । जहाँ साम्वी लेखिनेछ ।
अल्बर्ट बेल्जियमको उमेर समूह यु–१७, यु–१९ र यू–२१ टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । उनलाई गत मार्चमा बेल्जियमको सिनियर टोलीको प्रशिक्षणमा डाकिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij