Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

अब एमाले र माधव नेपालाई सँगै हिडाउन सकिन्न: गोकुल बास्कोटा 

अब एमाले र माधव नेपालाई सँगै हिडाउन सकिन्न: गोकुल बास्कोटा 

  • श्रावण ५, २०७८ मंगलवार ०९:३५ बजे
  • 975
    SHARES
  • अब एमाले र माधव नेपालाई सँगै हिडाउन सकिन्न: गोकुल बास्कोटा 

    काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले र बरिष्ठ नेता माधवकुमार नेपाल सँगसँगै हिड्न असम्भव रहेको बताएका छन्।  

    पार्टीभित्र विवाद चर्किएका बेला अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बास्कोटाले अब नेपाल विनाको एमाले हुने संकेत गरेका छन्। उनले देशभरका कार्यकर्तालाई एमाले वा नेपाल मध्ये एक रोज्नुको विकल्प नरहेको बताएका छन्। 

    ‘अब एमाले र माधब नेपाललाई न त सँगै हिडाउन सकिन्छ न त जिताउन नै।  माधब जित्दा एमाले नै हार्छ, तर एमाले जित्दा माधब मात्र हार्छन,’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘तसर्थ देशभरका एमालेजनले बिना अलमल व्यक्ती वा पार्टीमध्ये एक रोज्न पर्छ।अर्को विकल्प छैन।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij