Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एनपीएलमा आज पनि दुई खेल हुँदै

एनपीएलमा आज पनि दुई खेल हुँदै

  • 167
    SHARES
  • एनपीएलमा आज पनि दुई खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । अहिले पहिलो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्र्धा भइरहेको छ ।

    आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो । आजको खेल बिहान ९ बजे देखि सुरु भएको छ । विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।\

    यस्तै, दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जरबीच हुदैँछ । चितवनले सोमबारको खेलमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । पोखराको भने यो पहिलो खेल हो । खेल दिउँसो १ बजे सुरु हुनेछ । पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी र कप्तान कुशल मल्ल हुन् ।

  • सम्बन्धित विषय:

  • # एनपीएल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij