Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता छ : मन्त्री पौडेल

एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता छ : मन्त्री पौडेल

  • 87
    SHARES
  • एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता छ : मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता भएको बताएका छन् ।

    आइतबार एचआइभी एड्स संक्रमित अध्ययन प्रतिबेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै  उनले एचआइभी संक्रमितमैत्री समाजको लागि नेपालमा पहिला कानून बनाएर ऐनहरु लागू गर्नुपर्ने बताएका हुन् ।

    मन्त्री पौडेलले भने, ‘एचआइभी संक्रमितमैत्री प्रशासन र  समाजको निर्माण गर्नु आवश्यक्ता छ । एचआइभी संक्रमितमैत्री समाज भयो भने संक्रमितहरुले बाच्ने आधार पाउँछन् । संक्रमितहरुले दिनदिनै वा दिनैपिच्छे पीडा पाउनु भन्दा संक्रमितमैत्री समाज बनाउन सके सजिलो हुन्छ ।’

    उनले संक्रमित भएकाहरुलाई पीडाबोध गर्न नहुने बताए । उनले पीडाबोध नहुनुलाई त्यहीँ अनुसारको कानून ऐन, व्यवहार र चेतना जोगाउने कामहरु गर्नुपर्ने जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij