वेबटिभी खबर
काठमाडौं । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन्।
पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा कुरामा जोड दिए ।
वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij