Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो

एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो

  • 124
    SHARES
  • एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो

    काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।

    जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोडेका छन् । उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे । १५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए ।

    बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

  • सम्बन्धित विषय:

  • # एनपीएल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij