Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’

‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’

  • 115
    SHARES
  • ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’

    मोरङ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध रहेको बताए ।

    बुढीग‌गा गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता एवं तेस्रो बृहत् प्रतिभा पहिचान वक्तृत्वकला-२०८१ को आज उद्घाटन गर्दै उनले विद्यालयस्तरमा खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रष्फुटन हुनुका साथ अध्ययन र अनुशासन कायम गर्नमा सहयोग पुग्ने  विचार व्यक्त गरे ।

    सरकारले विद्यालयस्तरमा खेलकुदको आवश्यकता चाहिन्छ भनेर ‘राष्ट्रपति रनिङ कप’ लाई धेरै महत्त्व दिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा बजेटसहित प्रशिक्षक पठाउने जानकारी दिए ।

    मन्त्री चौधरीले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय गौरवको बहुवर्षीय योजनाभित्र राखेको जानकारी दिए ।

    त्यसका लागि तीन अर्बभन्दा बढीको बजेट विनियोजन गरी चाँडै निर्माण प्रक्रिया सुरू गर्ने उनले बताए । पूर्वमन्त्री एवं सांसद डिकबहादुर लिम्बूले स्थानीय तहमा हुने खेलकुद प्रतियोगिताले उत्कुष्ट खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै खेल क्षेत्रको विकास र योग्य नागरिक निर्माण हुने धारणा व्यक्त गरे ।

    प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले खेलकुदको माध्यमबाट खेलाडीले आयआर्जनसहित मुलुकको नाम विश्वमा चिनाउन सक्ने बताए ।

    बूढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, उपप्रमुख अमृता गच्छदार, उद्योगपति नवीन रिजाल, प्राचार्यद्वय रीता न्यौपाने र धनेशप्रसाद निरौलालगायतले खेलकुदको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको विचार राखेका छन् ।

    चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पालिका ३५ सामुदायिक र निजी विद्यालयका आठ सय छात्रछात्राहरूको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कराँते, एथलेटिक्स, कबड्डी र प्रतिभा पहिचान वक्ततृत्वकला प्रतियोगिता हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij