Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउनेछ : प्रेम बहादुर भोलन

निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउनेछ : प्रेम बहादुर भोलन

  • 124
    SHARES
  • निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउनेछ : प्रेम बहादुर भोलन

    मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा–१२ वडा अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर भोलनले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका छन् ।

    आइतबार हेटौंडा–१२ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा  उम्मेद्वार भोलनले राप्रपाले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका हुन् ।

    राप्रपाले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि हेटौंडा–१२ को जनताहरुको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताए । निर्वाचित भएपश्चात् हेटौंडा–१२ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका १९ वटा प्रतिबद्धता पूरा गर्ने उनले बताए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij