वेबटिभी खबर
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा एक जनाको शव फेला परेको छ । आज बिहान अन्दाजी ६० वर्षीय पुरुष शव सडिगली गएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवा स्थित ठेकराज माध्यमिक विद्यालयको शौचालय नजिक उक्त पुरुषको शव फेला परेको हो । शवलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको र आफन्तलाई सनाखतका लागि आउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहोराले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij