Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

संघीयताका लागि प्रदेशलाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

संघीयताका लागि प्रदेशलाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

  • 117
    SHARES
  • संघीयताका लागि प्रदेशलाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

    लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयतालाई सबल तुल्याउनका लागि प्रदेशलाई कानुनी रूपमा बलियो बनाउनुपर्ने बताएका छन् ।

    संविधान दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा आयोजना गरिएको संघीयता सवलीकरणसम्बन्धी अन्तरक्रियामा उहाँले प्रदेश सरकारलाई कानुनी अधिकारले सम्पन्न बनानुपर्ने बताए ।

    संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गर्न नहुने भनाइ उनको छ । ‘संविधानले प्रदान गरेका अधिकारमाथि कसैले हस्तक्षेप गर्न हुँदैन’, मुख्यमन्त्री आचार्यले भने, ‘संविधानले दिएको अधिकार संघले रोक्ने काम गर्नहुँदैन । समानीकरण अनुदान रोकेर राम्रो भएन । प्रदेशलाई ऋणात्मक बनाउने काम भयो ।’

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको समन्वय र फेडरलिजम एन्ड लोकलाइजेसन सेन्टरको आयोजनामा भएको अन्तरक्रियाका वक्ताहरूले राजनीतिक रूपमा संघीयताको अनुभूति गरिए पनि वित्तीय र प्रशासनिक संघीयताको पूर्ण अनुभूति गर्न नपाए बताएका छन् ।

    लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले सङ्घीयता सवलीकरणका लागि सबै निकाय इमान्दार बन्नुपर्ने बताए । उनले भने, ‘शासन जस्तो भए पनि शासन चलाउने व्यक्ति इमानदार बन्नुपर्छ । अनि मात्रै सङ्घीयतालाई बलियो बनाउन सकिन्छ ।’

    सभाका पूर्वसदस्य तथा फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष खिमलाल देवकोटाले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने गरी काम गर्नुपर्ने बताए ।

    तर संघ सरकारले अहिलेसम्म प्रदेश र स्थानीय तहलाई अधिकार दिन नखोज्नु संघीयताप्रति अनुदार बन्न खोजेको टिप्पणी गरे ।

  • सम्बन्धित विषय:

  • # संघीयता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij