Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राजेन्द्र महतोको अध्यक्षतामा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ दलको घोषणा

राजेन्द्र महतोको अध्यक्षतामा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ दलको घोषणा

  • 196
    SHARES
  • राजेन्द्र महतोको अध्यक्षतामा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ दलको घोषणा

    काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोको अध्यक्षतामा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक नयाँ पार्टी गठन भएको छ ।

    राष्ट्रिय मुक्ति क्रान्ति अभियानको आज बसेको राष्ट्रिय समितिको बैठकले अभियानका संयोजक महतोको नेतृत्वमा नयाँ दल गठन गर्ने निर्णय गरेको हो । 

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को वरिष्ठ नेताबाट अलग भएपछि नेता महतोले करिब छ महिना राष्ट्रिय मुक्ति क्रान्तिको अभियान सञ्चालन गरेर आज नयाँ दलको घोषणा गरेका हुन् ।

    पार्टीका नेता केशव झाकानुसार बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्नेबारे निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको छ ।

    सबै कानुनी प्रक्रिया पूरागरी विधिवत् रूपमा निर्वाचन आयोगमा दल दर्तासम्बन्धी सबै कागजातमा हस्ताक्षर गर्ने तथा दल दर्ताको गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिइएको छ ।

    पार्टीका पदाधिकारीको भने टुङ्गो लागि नसकेको नेता झाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij