वेबटिभी खबर
काठमाडौं । जर्मनीमा भारी वर्षापछि आएको बाढीका कारण अहिलेसम्म कम्तिमा ९३ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं व्यक्ति बेपत्ता भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दुई गुणा बढेको छ । यसलाई दशकौं पछि जर्मनीमा आएको सबैभन्दा ठूलो बाढी भनिएको छ ।
स्थानीय प्रहरीले मृत्यु हुने व्यक्तिको संख्या पुष्टि गर्दै यस दुर्घटनामा अझै केही व्यक्ति बेपत्ता रहेको बताएका छन् ।
जर्मनीको राइनल्यान्ड-प्यालाटिनेट र उत्तरी राइन वेस्टफेलिया प्रान्तमा बाढीले धेरै क्षति पुर्याएको छ । त्यहाँ नदीमा पानीको सतह बढ्नाले घर र गाडीहरु बाढीमा बगेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हुने बैठकको सिलसिलामा अमेरिका पुगेकी जर्मनी चान्सलर एन्जेला मर्केलले यस विपदले गहिरो धक्का लागेको बताएकी छन् ।
छिमेकी देश बेल्जियममा पनि बाढीकै कारण ११ जनाको ज्यान गएको छ । युरोपको पश्चिमी भागमा लगातार भइरहेको वर्षाका कारण जर्मनीसहित अन्य देशहरुमा बाढी आएको छ । नेदरल्यान्डको पश्चिमी प्रान्त लिंबर्गमा पनि क्षति पुगेको छ । त्यहाँका केयर होम्समा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
जर्मनीमा बाढीले १९ जनाको मृत्यु, दर्जनौं बेपत्ता
जर्मनीमा नेपालसहित अन्य मुलुकका पर्यटकलाई लगाएको प्रतिबन्ध हट्ने
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij