Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री देउवालाई बधाई

चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री देउवालाई बधाई

  • 892
    SHARES
  • चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री देउवालाई बधाई

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छिन् । राजदूत यान्छीले शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेकी हुन् । 

    नेपालका कुटनीतिज्ञहरुले छिमेकी र मित्रराष्ट्रका समकक्षीको साटो राजदूतले नेपालका प्रधानमन्त्रीलाई बधाई दिनु अन्तर्राष्ट्रिय जगतमा नेपालको गरिमा कमजोर भएकोतर्फ संकेत गरिरहेका छन् ।

    यसैबीच देउवा प्रधानमन्त्रीमा नियुक्त भएको चार दिनपछि उत्तरी छिमेकी चीनले राजदूतमार्फत बधाई ज्ञापन गरेको छ । देउवा-यान्छी भेटमा नेपाल र चीनबीच आपसी सम्बन्ध थप बढाउँदै लानेमा आफ्नो सरकार प्रतिबद्ध रहेको देउवाले बताए ।  

      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij