Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ओली शासनमा पढ्न र परीक्षा दिन नपाइने हो ? : सुमना श्रेष्ठ

ओली शासनमा पढ्न र परीक्षा दिन नपाइने हो ? : सुमना श्रेष्ठ

  • 201
    SHARES
  • ओली शासनमा पढ्न र परीक्षा दिन नपाइने हो ? : सुमना श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा पठनपाठन कम र राजनीतिक गतिविधि बढी भइरहेको बताएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले एमाले र कांग्रेस पार्टीका सत्ता गठबन्धनका विद्यार्थी संगठनका कारण विद्यार्थीले पढ्न र परीक्षा दिन नपाएको बताएकी हुन् ।

    सांसद श्रेष्ठले भनिन् ,‘११ दिनभयो कृषी तथा वन विज्ञान विश्वविद्यालयमा जाँच नभएको र चल्दै  गरेको जाँचले गर्दाखेरी १४ सय जना विद्यार्थीहरु अड्किएका छन् । विश्व विद्यालयमा पठनपाठन ठप्प छ । अब चार वर्षमा सकिने ब्याचलर कति वर्ष लाग्ने हो ? पठन पाठन कम  र पार्टीहरुको गतिविधि बढि हुन थाल्यो । गठबन्धनका विद्यार्थी संगठनको लडाईका कारण पढ्छु मात्र भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने ?’

    सांसद श्रेष्ठले एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले पढ्ने र परीक्षा दिने अधिकारबाट बन्चित गराएको बताइन । उनले ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो भन्दै प्रश्न समेत गरिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij