Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विष्फोटमा परेर मृत्यु भएका बालकको घटनाबारे एमालेले माग्यो गृहमन्त्रीसँग जवाफ

विष्फोटमा परेर मृत्यु भएका बालकको घटनाबारे एमालेले माग्यो गृहमन्त्रीसँग जवाफ

  • 128
    SHARES
  • विष्फोटमा परेर मृत्यु भएका बालकको घटनाबारे एमालेले माग्यो गृहमन्त्रीसँग जवाफ

    काठमाडौं । नेकपा एमालेले पाँचथरमा विष्फोटका कारण दुई नाबालकको मृत्यु भएको घटनामा गृहमन्त्रीको जवाफ मागेको छ ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले यस्तो गम्भीर घट्नामा यतिका दिन भइसक्दा समेत घटनामा जोडिएका दोषी पत्ता नलगाएके भन्दै सो बारेमा सरकारले सदनमा आएर जवाफ दिन माग गरेका हुन् ।

    प्रमुख सचेतक बर्तौँलाले भने, ‘सरकारले यस्तो घट्नामा गम्भीतारकासाथ अनुसन्धान गर्नुपर्ने देखिन्छ । सामान्यता यतिका दिन भइसक्दा समेत यो घटनामा जोडिएका दोषी को हो रु यो बारेमा सरकारले सदनमा आएर बताउनुपर्छ । यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीज्यूले संसदमा आएर जानकारी गराउनु बढि उपयुक्त हुन्छ । म यो माग गर्न चाहन्छु ।’

    उनले सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा बाहिर आइरहेको पनि बताए । गत बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका–५ मासकेट विष्फोटका भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij