वेबटिभी खबर
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ साउनमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेपछि संसद सचिवालयले बैठक राख्नेबारे तयारी गरेको छ ।
सोमबार सर्वोच्च अदालतको परमादेशसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को बैठक आह्वान गरेपछि यसको तयारी सुरु गरिएको हो । राष्ट्रपतिले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेकी छिन् ।
शुक्रबार सभामुख अग्नि सापकोटाले संसद् बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा बानेश्वरस्थित संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गरेका छन् ।
संसद बैठक तयारीका सन्दर्भमा शुक्रबार सुरु भएको एन्टिजेन परीक्षणअन्तरगत स्काई लाइट हलमा सम्माननीय सभामुखलगायत सांसदहरुको एन्टिजेन परीक्षण गरिएको छ ।
शुक्रबार ५ बजेसम्म राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य र संसद सचिवालयका कर्मचारी गरी करिब ६ सय जनाले एन्टिजेन परीक्षण गराउने संसद् सचिवालयले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij