Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जसपा नेपालले तय गर्यो पार्टीका जनप्रतिनिधिको भूमिका

जसपा नेपालले तय गर्यो पार्टीका जनप्रतिनिधिको भूमिका

  • 126
    SHARES
  • जसपा नेपालले तय गर्यो पार्टीका जनप्रतिनिधिको भूमिका

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका जनप्रतिनिधिको लागि पार्टीले भूमिका तय गरेको छ ।

    पार्टीका संघीय सांसद, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई संगठन निर्माण अभियानका साथै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीले निर्देशन गरेको हो ।

    जसअनुसार संसदमा राष्ट्रिय समस्या र जनसरोकारका सवालहरूलाई सांसदले प्रभावकारी ढंगबाट प्रस्तुत गर्ने र प्रदेश सभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न भनिएको छ । 
    त्यस्तै पार्टीले सांसदहरुलाई सरकारका जनविरोधी कार्यहरू, जनसरोकारका सवालहरू र प्रदेशका समस्याहरूलाई जोडदार रूपले प्रस्तुत गर्न निर्देश गरेको छ ।

    जसपा, नेपालले चार महिने आधारभूत संगठन निर्माण अभियानको दौरान स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गरी लोकप्रिय कार्यक्रम पारदर्शी ढंगबाट गर्न र त्यसको प्रचारप्रसार जनताको बीचमा गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधिहरूलाई आवश्यक प्रशिक्षणको व्यवस्था गर्न समेत भनेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij