वेबटिभी खबर
काठमाडौं । पासाङ नाम्गेल शेर्पा आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा र थप दुईवटा हिमालको सफल आरोहण गरेर बिहीबार नेपाल फर्किएका छन् ।
उनको आगमन हुँदा नेपाल पर्वतारोहण संघले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् ।
सोही क्रममा उनले यो १६ वटा चुचुराहरूको आरोहण गर्न २२ वर्ष लागेको भन्दै कठिन र लामो यात्रा तय गरेको बताए ।
उनले भने, ‘मलाई सबै १६ वटा चुचुराहरूको आरोहण गर्नका लागि २२ वर्ष लाग्यो । यात्रा कठिन नै थियो तर नेपाललाई यसरी चिनाउन पाउँदा खुशी लागेको छ ।’

उनले आगामी दिनमा पनि फेरि यस्तै हिमालहरू चढ्ने सोचमा रहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij