वेबटिभी खबर
काठमाडौं । रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्युतलाइन जोड्न निर्देशन दिए जस्तो महसुल उठाउन पनि निर्देशन दिनआग्रह गरेका छन ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ भने मिटर नभएका भन्सारमा के हालत हुन्छ भन्दै प्रश्न समेत गरे ।
उनले भने, ‘जसरी प्रधानमन्त्रीले विद्युतलाइन जोड्नको लागि निर्देशन दिनु भएको थियो । महशुल उठाउनको लागि त्यसैगरी निर्देशनदिनुपर्याे कहाँ कहाँ दिने हो ? मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ देशमा । मिटर नभएका भन्सार हेरौँ रमालपोत हेरौं त के छ हालत?’
प्रतिपक्षले सदनमा उठाएको मुद्दा र भ्रष्टाचारको विषयलाई रोक्ने रवैया नदेखाउन आग्रह गरे।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij