Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

निषेधाज्ञा थप्ने तयारीका लागि उपत्यकाका सिडिओको बैठक बस्दै

निषेधाज्ञा थप्ने तयारीका लागि उपत्यकाका सिडिओको बैठक बस्दै

  • 682
    SHARES
  • निषेधाज्ञा थप्ने तयारीका लागि उपत्यकाका सिडिओको बैठक बस्दै

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप्ने तयारी गरेको छ ।

    निषेधाज्ञा थप्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक बिहीबार बस्ने भएको छ । निषेधाज्ञा थप्न दिउँसो १ बजे काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईबीच संयुक्त बैठक बस्न लागेको काठमाडौंका सिडिओ पराजुलीले जानकारी दिए ।  

    काठमाडौं उपत्यकामा १६ वैशाखबाट जारी निषेधाज्ञा बिहीबार मध्यरातबाट सकिँदैछ ।

    यसअघि २० असारमा बसेको तीनै जिल्लाका सिडिओको बैठकले सार्वजनिक सवारीमा रहेको जोर-बिजोर प्रणाली हटाएर बिहान ६ देखि साँझ ६ बजेसम्म बजार खुला गर्ने निर्णय गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij