Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दाउरा खोज्न जाँदा खोलाले बगाएर एक महिला बेपत्ता

दाउरा खोज्न जाँदा खोलाले बगाएर एक महिला बेपत्ता

  • 116
    SHARES
  • दाउरा खोज्न जाँदा खोलाले बगाएर एक महिला बेपत्ता

    काठमाडौं । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–३ माहादेवास्थित मानखोलामा दाउरा निकाल्ने क्रममा एक जनालाई खोलाले बगाएको छ ।

    श्रीमान र श्रीमती दाउरा निकाल्न जाँदा श्रीमतीलाई खोलाले बगाएको हो । श्रीमानलाई भने सशस्त्र प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ ।

    खोलाले मानिस बगाएको खबर पाएर सशस्त्र प्रहरी बलको सुरक्षा बेश कतर्नियाबाट खटिएको १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले घाइते अवस्थामा जागु थारुलाई उद्धार गर्न सफल भयो ।

    उनकी श्रीमती पार्वती थारुलाई खोलाले बगाई बेपत्ता बनाएकोले खोजी कार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घाइते जागुलाई उपचारार्थ मेडिकल कजेल कोहलपुर पठाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij