Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

छोराछोरीमा भेदभाव गर्न पाइँदैन : माधव नेपाल 

छोराछोरीमा भेदभाव गर्न पाइँदैन : माधव नेपाल 

  • 129
    SHARES
  • छोराछोरीमा भेदभाव गर्न पाइँदैन : माधव नेपाल 

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लैङ्गिक विभेदका अवशेषहरूलाई मेटाउँदै नयाँ इतिहास रच्न आवश्यक रहेको बताएका छन् । 

    मंगलबार काठमाडौंमा आयोजित ११ कक्षामा भर्ना भएका नयाँ विद्यार्थीहरूको बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै ठूलो संघर्षपछि नेपालको संविधानले महिलालाई अधिकार प्रदान गरेको उल्लेख गर्दै कुनै पनि किसिमको भेदभाव गर्न संविधानले पनि अनुमति नदिने बताए । 

    उनले भने, ‘छोरा भए पनि छोरी भएपनि कुनै भेदभाव गर्न पाइँदैन । नेपालको संविधानले पनि अनुमति दिँदैन । नेपालको कानूनले पनि स्वीकार गर्दैन । हाम्रो मान्यता पनि महिलाहरूलाई समान अधिकार दिनुपर्छ भन्ने हो । यही समान अधिकार दिने सिलसिलामा नै धेरै ठूलो संघर्षपछि नेपालको संविधानले महिलालाई धेरै अधिकार प्रदान गरेको हो । त्यसकारण विद्यार्थीहरूले पुरानो इतिहासलाई हेरेर नयाँ इतिहास रच्ने हो ।’

    आफू रक्षामन्त्री हुँदा महिलाहरूलाई नेपाली सेनामा भर्ती गर्ने प्रचलनको सुरुवात गरेको अध्यक्ष नेपालको भनाइ छ । उनले भने, ‘म रक्षा मन्त्री थिएँ र नेपाली सेनामा महिलाहरूको भर्ना सुरु गरियो ।’

    आफूलाई योग्य बनाउन आमाबुबाले गरेको योगदान नबिर्सन आग्रह गर्दै उनले  आफ्नो परिवारको लागि केही गर्नको लागि सबै विद्यार्थीहरूलाई मेहेनत गर्नु पर्ने बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij