Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ठूला दुई दलको मिलन, खतराको घण्टी :रवि लामिछाने 

ठूला दुई दलको मिलन, खतराको घण्टी :रवि लामिछाने 

  • 143
    SHARES
  • ठूला दुई दलको मिलन, खतराको घण्टी :रवि लामिछाने 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी रहेको भन्दै वर्तमान सरकारले भ्रष्टाचारका फाइलहरु ढाकछोप र बन्द गर्ने प्रयास गरेको आरोप लगाए । 

    उनले भने, ‘मैले भन्दै आएको दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो  । हिजो कुरा चल्यो फाइल तिमिहरुले होइन हामीले खोलेका हौं भनेर । अझ काण्ड पनि हामीहरुले नै गरेका हौँ भनिदिएको भए पनि राम्रो हुने थियो । फाइल तपाईहरुले नै खोल्नु भएको तर बन्द नहुँदै जिउँदै फाइल गाड्ने प्रयास गर्नुभयो जुन फाइलमा प्राण थियो ।’

    उनले संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट दुई ठूला दलको नयाँ दल रास्वपालाई सिध्याउने लक्ष्य रहेको पनि आरोप लगाए ।

    उनले भने, ‘संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट थाहा हुन्छ । सरकारमा रहेका दुई ठूला दलको टारगेट नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ । हिजोको कांग्रेसको महामन्त्रीको अभिव्यक्ति र आजको एमालेका पुराना नेताहरुको अभिव्यक्तिले के दखाउँछ भने, नयाँ दललाई ठिक पार्नुपर्छ । एउटा एउटा आरोप लगाइदिनुपर्छ । अनि मात्र हामी जोगिन्छौँ भनेर मिलेको स्पष्ट भएको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij